Sagun Khabar
दार्चुलामा कांग्रेसको सभापतिका लागि बोहरा र धामीबीच प्रतिस्पर्धा हुने 

दार्चुला –सहमति जुट्न नसके पछि नेपाली कांग्रेस दार्चुलाको जिल्ला कार्य समितिका सबै पदाधिकारीका लागी चुनाव हुने भएको छ । सातौं जिल्ला अधिवेशनको बन्दसत्र मार्फत सहमति जुट्न नसके पछि सभापति लगायत केहि पदाधिकारीका लागी चुनाव हुने नेपाली कांग्रेस दार्चुलाले जनाएको छ ।

जिल्ला कार्य समितिको सभापति पदका लागी वर्तमान सभापति ललित सिंह बोहरा र उपसभापति अमरसिंह धामीले उम्मेदवारी दर्ता गराएका छन्, भने उपसभापति पदका लागि ९ जनाले उम्मेदवारी दर्ता गराएकोमा ३ जनाले आफ्नो उम्मेदवारी फिर्ता लिएका छन् । उपसभापतिका लागी उमेश सिंह खत्री, दान सिंह तिंकरी, पदमराज पन्त, महादेव बडू कश्यप, महेन्द्रराज जोशी, मान बहादुृर बम, ललितसिंह ठगुन्ना, लालसिंह धामी र सन्तोष कुमार सिंह ऐतवालले उम्मेदवारी दर्ता गराएका थिए । ति मध्ये दान सिंह तिंकरी, पदमराज पन्त र महेन्द्रराज जोशीले उम्मेदवारी फिर्ता लिएको कार्यालयले जनाएको छ । 

स्वास्थ्य सन्देश
Atrya hospital

 यस्तै सचिव पदका लागी देव सिंह धामी, पुलेन्द्र बहादुर कार्की, महेन्द्र प्रसाद बडू, महेश सिंह धामी, माधवराज भट्ट, विर सिंह डडाल र रुपेन्द्र सिंह धामीले उम्मेदवारी दर्ता गराएकोमा रुपेन्द्र सिंह धामीले उम्मेदवारी फिर्ता लिए संगै सचिवमा ६ जनाले प्रतिस्पर्धा गर्ने भएका छन् ।

सहसचिव पदका लागी ५ जनाले उम्मेदावरी दर्ता गराएकोमा १ जनाले फिर्ता लिएका छन् । सहसचिव पदमा उम्मेदवारी दर्ता गराएका सुना बोहराले फिर्ता लिए पछि अब जयानन्द जोशी, राजु अवस्थी, राजेन्द्र प्रसाद जोशी र सन्तोष दयालीका बिचमा चुनावी प्रतिस्पर्धा हुनेछ ।  भोली विहान ९ बजे देखी बेलुकी ४ बजे सम्म मतदान हुने जनाइएको छ ।
 

प्रकाशित मिति: बुधबार, मंसिर ८, २०७८  १८:५४
प्रतिक्रिया दिनुहोस्
Weather Update