Sagun Khabar
बैतडीमा महाधिवेशन प्रतिनिधिमा पनि चन्द प्यानलकै अग्रता 
स्वास्थ्य सन्देश
Atrya hospital

बैतडी–नेपाली कांग्रेसको १४ औं महाधिवेशन अन्तर्गत बैतडीमा महाधिवेशन प्रतिनिधि र जिल्ला कार्यसमितिका सदस्यहरुको मतगणना भईरहेको छ । अहिले सम्म महाधिवेशन प्रतिनिधिमा चार सय मत गणना हुँदा चन्द समूहकै उम्मेद्वारहरु अग्रस्थानमा रहेका छन् । 

शिवराज भट्ट प्यानलबाट उम्मेद्वार बनेका पुराना नेताहरुले समेत ‘लिड’गर्न सकेका छैनन् । यस्तै जिल्ला कार्यसमिति सदस्यहरुमा पनि चन्द समूहकै अग्रता रहेको बताइएको छ । 

२६ जना महाधिवेशन प्रतिनिधिका लागि ६४ जना चुनावी मैदानमा छन् भने ४२ जना जिल्ला कार्यसमिति सदस्यहरुका लागि ७५ जना चुनावी मैदानमा छन् ।
 

प्रकाशित मिति: बिहीबार, मंसिर ९, २०७८  १०:०७
प्रतिक्रिया दिनुहोस्
Weather Update