Sagun Khabar
बैतडीको पञ्चेश्वरमा आज र भोली सार्वजनिक बिदा 
स्वास्थ्य सन्देश
Atrya hospital

बैतडी–बैतडीको पञ्चेश्वर गाउँपालिकामा आज र भोली दुई दिन सार्वजनिक बिदा दिइएको छ । गाउँपालिकाले एक सूचना प्रकाशन गरेर गाउँपालिका क्षेत्रमा धुरा मेला लाग्ने भएकाले सार्वजनिक बिदा दिएको उल्लेख गरेको छ । 

स्थानीय बिदाबाट कट्टी हुने गरेर धुरा मेलाका लागि आज र भोलीका लागि बिदा दिइएको गाउँपालिकाका निमित्त प्रमुख प्रशासकीय अधिकृत भुवन बागले बताए । 

मंसिर ५ गते बसेको गाउँकार्यपालिकाको निर्णय अनुसार धुरा मेलाको अवसरमा सार्वजनिक बिदा दिइएको हो ।

प्रकाशित मिति: बिहीबार, मंसिर ९, २०७८  १०:४४
प्रतिक्रिया दिनुहोस्
Weather Update