Sagun Khabar
कैलालीमा ट्रकको ठक्करबाट एक महिलाको मृत्यु 
स्वास्थ्य सन्देश
Atrya hospital

कैलाली–कैलालीमा ट्रकको ठक्करबाट एक महिलाको मृत्यु भएको छ । टीकापुर नगरपालिका वडा नं २ की ४० बर्षीया गोमा थापाको मृत्यु भएको प्रदेश ट्राफिक प्रहरी कार्यालय अत्तरीयाले जनाएको छ ।

उनलाई पूर्वपश्चिम राजमार्गअन्तर्गत जिल्लाको जिल्लाको लम्की बजारमा ना २ ख ९३७० नम्बरको ट्रकले ठक्कर दिएको थियो । ट्रकको ठक्करबाट महिलाको घटनास्थलमै मृत्यु भएपछि राजमार्ग अवरुद्ध गरिएको छ ।

यस्तै स्थानीयले राजमार्गमा प्रदर्शन गर्न थालेका छन् भने भिड नियन्त्रण गर्न प्रहरीले आधा दजर्न बढी सेल अश्रुग्यास प्रहार गरेको छ । लम्की बजार पनि बन्द गरिएको छ । यस्तै स्थानीयले ठक्कर दिने ट्रकमा आगजनी गरेका छन् । 

प्रकाशित मिति: बिहीबार, मंसिर ९, २०७८  १५:५६
प्रतिक्रिया दिनुहोस्
Weather Update