Sagun Khabar
बैतडीमा लैगिंक हिंसा रोकथाम परियोजना लागू 

बैतडी–बैतडीमा लैगिंक विभेदमा आधारित हिंसा रोकथाम र प्रतिकार्य परियोजना लागू भएको छ । संयुक्त राष्ट्रसंघीय जनसंख्या कोष (युएनएफपीए) को आर्थिक सहयोगमा आइफास नेपाल र सिमीएसी दशरथचन्द नगरपालिका र पाटन नगरपालिकामा सो परियोजना लागू भएको हो । 

लिंगको आधारमा हुने भेदभाव न्यूनीकरणका लागि विभिन्न कार्यक्रमहरु सञ्चालन गर्ने उद्देश्य सहित परियोजनाको दोश्रो चरण सञ्चालनमा आएको संयुक्त राष्ट्रसंघीय जनसंख्या कोषका कार्यक्रम संयोजक खगेन्द्र भट्टले बताए । 

तत्कालका लागि पाटन नगरपालिकाको वडा नं १, ६, ८, ९ र १० तथा दशरथचन्द नगरपालिकाको वडा नं १,२,३, ४ र ५ मा परियोजना लागू भएको भट्टले बताए । 

Atrya hospital

बिहीबार बैतडीमा परियोजना समन्वय समितिको बैठकमा परियोजना अन्तर्गत सञ्चालन हुने क्रियाकलापको बारेमा समेत जानकारी दिइएको छ । परियोजना अन्तगर्त जिल्ला अस्पातलमा एकद्वार संकट व्यवस्थापन केन्द्र (ओसीएमसी) र पाटनमा सेफ हाउस सञ्चालनमा रहेको भट्टले बताए । 

यस्तै परियोजना अन्तर्गत मनोसामाजिक परामर्श सेवा, न्यायिक समितिहरुको क्षमता अभिवृद्धि, विद्यालयहरुमा सचेतनामूलक कार्यक्रम गरिने बताइएको छ । 
 

प्रकाशित मिति: बिहीबार, मंसिर ९, २०७८  १६:१९
प्रतिक्रिया दिनुहोस्
Weather Update