Sagun Khabar
बैतडीमा प्रहरी हवलदारमाथि नाबालिका अपहरण गरेको आरोप 

बैतडी–बैतडीमा एक प्रहरी हवलदारमाथि नाबालिका अपहरण गरी बन्धक बनाएको आरोप लागेको छ । बैतडीको सुर्नया गाउँपालिका २ घर भएकी १६ बर्षीया उपासना चन्दलाई बैतडीको सतबाँझ अस्थायी प्रहरी पोष्टमा कार्यरत प्रहरी हवलदार गजेन्द्रबहादुर बिष्टले अपहरण गरेको आरोप लागेको हो । 

सिलाई सिक्नका लागि उपासना अछामको ठाटीखानमा रहेकी र सोही ठाउँबाट प्रहरी हवलदार बिष्टले अपहरण गरी बन्धक बनाएको उपासनाका दाजु कर्णबहादुर चन्दले बताए । 

बिहीबार जिल्ला प्रशासन कार्यालयमा निवेदन दिँदै चन्दले प्रहरी हवलदार बिष्टमाथि कारवाहीको माग गरिएको छ । हवलदार बिष्टले फोनको सीम खरीद गरि उपासनालाई दिएको भेटिएको र सोही फोनबाट कुराकानी हुने गरेको भेटिएको समेत निवेदनमा उल्लेख गरिएको छ । 

Atrya hospital

जिल्ला प्रशासन कार्यालयमा दिएको निवेदन सबै राजनीतिक दल र महिला अधिकारकर्मी संघसंस्थाहरुलाई समेत बोधार्थ पठाएको छ । यसअघि उपासनाका परिवारले उपासना हराएको भन्दै खोजी गरिदिन आग्रह समेत गरेका थिए । तर उपासनालाई बिष्टले अपहरण गरी बन्धक बनाएको आरोप लगाइएको छ । 
 

प्रकाशित मिति: बिहीबार, मंसिर ९, २०७८  १७:५१
प्रतिक्रिया दिनुहोस्
Weather Update