Sagun Khabar
प्रदेशसभा सदस्य बम दार्चुलाबाट महाधिवेशन प्रतिनिधिमा पराजित 

दार्चुला –दार्चुलाबाट सुदूरपश्चिम प्रदेश सभाका सदस्य नन्दाकुमारी बम नेपाली काग्रेसको महाधिवेशन प्रतिनिधिमा पराजित भएकी छिन् । महिला प्रतिनिधिबाट महाधिवेशन प्रतिनिधिमा उम्मेदवार बनेकी महाधिवेशन प्रतिनिधिमा पराजित भएकी हुन् । 

प्रदेश लेखा समिति संयोजक समेत रहेकी बमले कुल ४९० मत मात्र ल्याइन् । चार जना महिला प्रतिनिधिको लागि भएको निर्वाचनमा पाँच जना महिलाबीच प्रतिस्पर्धा भएको थियो । 

स्वास्थ्य सन्देश
Atrya hospital

जिल्लाबाट महिला प्रतिनिधिमा शान्तिदेवी बम ६८७, राजमति पाल ६८७, इश्वरी जोशी ६६९ र एसोदा तिङ्करी ५६७ मत ल्याएर महाविधेशन प्रतिनिधिमा चयन भएका निर्वाचन समितिले जनाएको छ ।

महाविधेशन प्रतिनिधिमा छनौट भएकी बम महिला संघ दार्चुलाका अध्यक्ष समेत हुन् । यस्तै पाल शैल्यशिखर नगरपालिका उपप्रमुख हुन भने जोशी दुहुँ गाउँपालिकाकी उपाध्यक्ष हुन् ।

प्रकाशित मिति: शनिबार, मंसिर ११, २०७८  ०८:२९
प्रतिक्रिया दिनुहोस्
Weather Update