Sagun Khabar
बझाङमा एक पुरुषको हत्या 

बझाङ–बझाङको जयपृथ्वी नगरपालिका –७ ज्वाडाका एक जनाको हत्या भएको छ । जयपृथ्वी नगरपालिका ७ का ४६ बर्षीय पिरु भण्डारीको हत्या भएको हो । शनिबार साँझ सोही ठाउँका २३ बर्षीय दिपेन्द्र थापासंग भण्डारीको कुलीबाँध खोलामा विवाद उत्पादन भएको र थापाले कुटपीट गरेको जनाइएको छ । 

घाइते भण्डारीको उपचारका क्रममा अस्पतालममै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय बझाङले जनाएको छ । रोजगारीका लागि भारत जान लागेका आफ्ना छोरालाई गाडीमा चढाएर घरतिर फर्किएका मृतक भण्डारी र थापाबीच कुलीबाँध खोलामा विवाद भएको थियो । दुवैजनाले मदिरा सेवन गरेका र सो क्रममा धकेलाधकेल हुँदा भण्डारी घाइते भएका थिए । 

घटनामा संलग्न दिपेन्द्र थापालाई हिजो राति नै पक्राउ गरी प्रहरी हिरासतमा राखिएको छ । मृतकको शव जिल्ला अस्पताल बझाङमा राखिएको छ। घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।
 

प्रकाशित मिति: आइतबार, मंसिर १२, २०७८  ०७:५९
प्रतिक्रिया दिनुहोस्
Weather Update