Sagun Khabar
बाजुरामा जिप दुर्घटना हुँदा सहचालकको मृत्यु 

बाजुरा –बाजुरामा जिप दुर्घटना हुँदा सहचालकको मृत्यु भएको छ । जिल्लाको बडीमालिका नगरपालिका वडा नम्बर १ का २४ वर्षीय भिमबहादुर दानीको मृत्यु भएको हो । 

दुर्घटनामा घाइते भएका उनको जिल्ला अस्पताल बाजुरामा उपचार सम्भव नभएपछि थप उपचारका लागि धनगढी लैजाने क्रममा डोटीको पुर्विचौकी गाउँपालिकाको सानागाउँ नजिकै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय बाजुराले जनाएको छ । 

सदरमुकाम मार्तडीबाट जडाङ्गातर्फ जाँदै गरेको से १ ज ९६० नम्बरको जिप आइतबार विहान दुर्घटनामा परेको थियो । 

प्रकाशित मिति: आइतबार, मंसिर १२, २०७८  १८:५६
प्रतिक्रिया दिनुहोस्
Weather Update