Sagun Khabar
अनसनमा बसेका लेन्थवर्करलाई शिवांश हेल्प फाउण्डेसनको सहयोग 

बैतडी –पाटन पञ्चेश्वर सडकमा अनशनरत लेन्थवर्करहरूलाई सिवांश हेल्प फाउन्डेसनले  सहयोग गरेको छ । विगत १२ दिन देखि अनशनरत लेन्थवर्करहरूलाइ खाद्यान्नका लागि नगद सहयोग गरेको शिवांश हेल्प फाउन्डेसनका अध्यक्ष महेश अवस्थीले बताए । 

मंसिरको चिसोमा भोकभोकै बस्न बाध्य मजदुरहरूलाइ दुई बोरा चामल, दाल, नुन तेल खरीदका लागि नगद सहयोग गरिएको उनले बताए । उनले भने ‘मजदुरहरु आफ्नो पारिश्रमिकका लागि सडकमा छन् । उनीहरु भोकभोकै बस्न बाध्य भएका छन् । तर सरकारको ध्यान जान सकेको छैन् । मानवीय सहयोग अन्तर्गत हामीले फाउण्डेसनबाट सहयोग गरेका हौं ।’

स्वास्थ्य सन्देश
Atrya hospital

पाटन पञ्चेश्वर सडकमा काम गरे बाफतको दुई बर्षको तलब नपाएको भन्दै लेन्थवर्करहरु यही मंसिर १ गतेदेखि पाटन ६ लोर्खामा अनसनमा बसीरहेका छन् । 

गएको असारमा २१ दिन अनसन बसेका लेन्थवर्करहरूले माग पूरा गर्ने आश्वासन पाएपछि अनशन तोडेका थिए । तर अहिले सम्म माग सुनवाइ गर्ने कुनै संकेत नदेखिएपछि फेरी अनशन बस्नु परेको लेन्थवर्कर जय राम भुलले बताए । अनशन बसेको १२ दिन बितिसक्दा समेत सम्बन्धित निकायहरूले बेवास्ता गरेको लेन्थवर्करहरूको गुनासो छ । 

अझै पनि मजदुरहरूका आवाज सरकारले नसुनेमा प्रदेश र केन्द्रमा गएर मन्त्रालय अगाडि अनसन बस्ने लेन्थवर्कहरुले चेतावनी दिएका छन् । 
 

प्रकाशित मिति: आइतबार, मंसिर १२, २०७८  २०:१६
प्रतिक्रिया दिनुहोस्
Weather Update