Sagun Khabar
नेपाली कांग्रेस बैतडीमा युवाको वर्चस्व, पुराना नेता पराजित 

बैतडी–नेपाली कांग्रेसको १४ औं महाधिवेशन अन्तर्गत बैतडीमा हाल सम्पन्न भएको निर्वाचनबाट युवा नेतृत्व चयन भएको छ । जिल्ला कार्यसमिति र महाधिवेशन प्रतिनिधिमा पुराना र पाका नेता भन्दा युवा नेताहरु चयन भएका नेपाली कांग्रेस बैतडीले जनाएको छ । 

कांग्रेसको वडा तहदेखि नै युवा नेतृत्व चयन भएको नेपाली कांग्रेस बैतडीका नवनिर्वाचित सचिव प्रेमबहादुर चन्दले बताए । उनले भने ‘लोकतान्त्रिक पार्टी कांग्रेसमा युवाहरुको आकर्षण बढ्दै गएको छ । यो कुरा अहिलेको अधिवेशनले देखिएको छ ।’

स्वास्थ्य सन्देश
Atrya hospital

नेपाली कांग्रेसका पुराना नेताहरु नरबहादुर चन्द, विनयध्वज चन्द, शिवराज भट्ट, नरेन्द्र बिष्ट पराजित हुँदा युवा अनुहार नेतृत्वमा आएका छन् । पुराना नेताहरुको अनुभव र युवाहरुको जोसलाई समेटेर पार्टीलाई अघि बढाउने कांग्रेस बैतडीका नवनिर्वाचित सभापति चतुरबहादुर चन्दले बताए । उनले भने ‘कांग्रेसमा युवाको आकर्षण बढेको छ । पुराना नेताहरुको अनुभवलाई लिएर युवाहरुको जोस सहित हामी अगाडि बढ्छौं । कांग्रेसलाई पहिलो पार्टी बनाउँछौं ।’

जिल्ला पदाधिकारी, जिल्ला कार्यसमिति र महाधिवेशन प्रतिनिधिमा अधिकांश युवा नेताहरु चयन भएको कांग्रेस बैतडीका नवनिर्वाचित उपसभापति बीरबहादुर बिष्टले बताए । उनले भने ‘अहिले सबै तहमा कांग्रेसमा युवा नेतृत्व आएको छ । हामी जनजन समक्ष पुग्ने प्रयास गर्छौं ।’
 

प्रकाशित मिति: आइतबार, मंसिर १२, २०७८  २०:२१
प्रतिक्रिया दिनुहोस्
Weather Update