Sagun Khabar
दार्चुलाको गोकुलेश्वर विमानस्थल पुनःनिर्माण कार्य जारी 

दार्चुला –विगत २८ वर्षदेखि बन्द रहेको दार्चुलाको गोकुलेश्वर विमानस्थल पुनः निर्माणको काम जारी रहेको छ ।  के.एस. कन्सट्रक्सन प्रा.ली. धनगढीले विमानस्थल निर्माणको काम गरिरहेको हो ।  अहिले विमानस्थलमा माटो भर्ने (फिलिङ) को काम भइरहेको छ । एक बर्षमा फिलिङ र ग्याबीनको काम सम्पन्न गर्नेगरी तीन करोड ५८ लाख बजेटमा ठेक्का सम्झौता भएको कम्पनीका साइट इन्चार्ज राजेन्द्र ऐरले बताए । 

विमानस्थलमा स्काइभेटर प्रयोग गरेर घाँस उखेल्ने काम गरिसकिएको छ । अहिले कटिङ गर्ने काम र फिलिङका लागि विमानस्थलमा निर्माण सामाग्री ढुवानी गर्ने काम भइरहेको ऐरले बताए । 

स्वास्थ्य सन्देश
Atrya hospital

शैल्यशिखर नगरपालिका–९ गोकुलेश्वरमा रहेको विमानस्थल सञ्चालनमा आए दार्चुलाका साथै बैतडी र बझाङ जिल्लाका नागरिकहरुले समेत सेवा पाउने छन् । विमानस्थलले जिल्लाको यातायात सेवामा सहजतासंगै समृद्धिमा महत्वपूर्ण भूमिका निर्वाह गर्ने स्थानीय सुरेश बिष्टले बताए । अहिले हवाइ यातायातको सुविधा नहुदा प्रदेश राजधानीबाट झण्डै ३५० किलोमिटर सडकमार्गबाट पुगिने दार्चुला सदरमुकामसम्म पुग्न कष्टकर यात्रा गर्नुपर्ने बाध्यता छ ।

२०४६ सालदेखि सञ्चालनमा आएको गोकुलेश्वर विमानस्थल २०५० साल मंसीर २२ गते देखि पूर्णरूपमा बन्द भएको थियो । 
 

प्रकाशित मिति: बुधबार, मंसिर १५, २०७८  १६:३९
प्रतिक्रिया दिनुहोस्
Weather Update