Sagun Khabar
बालविवाह न्यूनीकरणका लागि दार्चुलामा मतदान !
स्वास्थ्य सन्देश
Atrya hospital

दार्चुला –दार्चुलामा बालविवाह न्यूनीकरणका लागि मतदान कार्यक्रम सुरु गरिएको छ । उमेर नपुग्दै विवाह गर्ने क्रम बढ्दै गएको भन्दै जिल्लाको मालिकार्जुन गाउँपालिकाका दुई वटा वडामा मतदान कार्यक्रम गरिएको हो । 

सानो उमेरमा विवाह गर्नु राम्रो वा नराम्रो भन्ने बिषयमा मतदान गरिएको हो । मालिकार्जुन –२ को राष्ट्रिय मावि ठिङमा गुडनेवर्स इन्टरनेसनलको आर्थिक सहयोग तथा मालिकार्जुन गाउँपालिकाको समन्वयमा बालविवाह न्यूनीकरणका लागि मतदान कार्यक्रम गरिएको ग्रामीण विकास समाज नेपाल दार्चुलाका सहजकर्ता बिस्ना धामीले बताइन् । 

बालविवाहले पार्ने असरका बारेमा जानकारी दिईसकेपछि मतदान गरिएको हो । मतदानमा २०८ जनाले बालवाविह गर्नु ठिक होइन भन्नेमा र १० जनाले बालविवाह गर्नु ठिक हो भन्नेमा मतदान गरेको उनले बताइन् । पालिकाका अन्य विद्यालयमा पनि यो कार्यक्रम सञ्चालन गरिने उनले बताइन् । 
 

प्रकाशित मिति: बिहीबार, मंसिर १६, २०७८  ०८:२८
प्रतिक्रिया दिनुहोस्
Weather Update