Sagun Khabar
मन्त्री सोडारीद्वारा दार्चुलामा सडक अनुगमन 

दार्चुला –सुदूरपश्चिमका भौतिक पूर्वाधार विकास मन्त्री दीर्घ सोडारीले दार्चुलाको खलंगा खार देथला पारिबगर सडकको स्थलगत अनुगमन गरेका छन् । 

प्रदेश गौरवको योजना अन्तर्गत रहेको खलंगा– खार –देथला –पारिबगर सडकको मन्त्री सोडारीसहित प्राविधिकहरूको टोलीले स्थलगत अनुगमन गरेको हो । 

स्वास्थ्य सन्देश
Atrya hospital

उक्त सडक साढे १६ करोडको लगातमा निर्माण भइरहेको पूर्वधार विकास कार्यालय बैतडीका प्रमुख रामचन्द्र खत्रीले जानकारी दिए । 

उनका अनुसार सडकको निर्माण सम्पन्न गर्न तीन वर्षे सम्झौता रहेको छ । अनुगमनका क्रममा मन्त्री सोडारीले निर्माण कार्य तीव्रताका साथ अगाडि बढाउन निर्देशनसमेत दिएका छन् । 
 

प्रकाशित मिति: बिहीबार, मंसिर १६, २०७८  १४:४४
प्रतिक्रिया दिनुहोस्
Weather Update