Sagun Khabar
मेलौलीमा खानेपानीको हाहाकार
स्वास्थ्य सन्देश
Atrya hospital

हरेक बर्ष जस्तै सुख्खायाम लागेसंगै बैतडीको मेलौलीमा यो बर्ष पनि खानेपानीको हाहाकार भएको छ । सुख्खायाम लागेसंगै मेलौलीको काँडाबजार क्षेत्रमा खानेपानीको समस्या भएको स्थानीयबासिन्दाहरुले बताएका छन् । बजारमा व्यापारीहरुलाई खानेपानीको झनै समस्या हुने गरेको छ । आफूहरुले बाहिरबाट ट्यांकरमा पानी मगाएर होटेल व्यवसाय सञ्चालन गरिरहेको होटेल सञ्चालक सुरेन्द्रबहादुर चन्दले जानकारी दिनुभयो । उहाँले भन्नुभयो ‘धारामा आउने पानीमा दुई ग्यालेन मात्रै भर्न पाइन्छ । अरु पानी किनेर होटेल सञ्चालन गरिरहेका छौं ।’

बर्षौं पुरानो ग्वाल्लेक मणिलेक खानेपानी योजनामा आउने पानीले पूर्ती गर्न मुस्कील भएको छ । खानेपानीको अभावमा गाउँका कुवाहरुमा समेत लाइन लाग्नुपर्ने बाध्यता रही आएको स्थानीय राजेन्द्र बिष्टले जानकारी दिनुभयो । खानेपानी नहुँदा होटेल व्यवसाय सञ्चालन गर्न निकै समस्या भएको उहाँले बताउनुभयो ।

खानेपानीकै कारण रातभर अनिदो बस्नुपर्ने बाध्यता रही आएको स्थानीय महिलाहरुले बताएका छन् । कुवाको पानी ल्याउन समेत उज्यालो नहुँदै जानुपर्ने बाध्यता रहेको स्थानीय सरस्वती नेगीले बताउनुभयो । मेलौलीमा खानेपानीको समस्या समाधानका लागि सुर्नयाबाट लिफ्टििङ गरेर पानी ल्याउने प्रयास भईरहेको मेलौली नगरपालिकाले जनाएको छ ।

प्रकाशित मिति: सोमबार, चैत ९, २०७७  १४:३७
प्रतिक्रिया दिनुहोस्
Weather Update