Sagun Khabar
बाजुरामा ट्रक दुर्घटना हुँदा दुई जनाको मृत्यु 
स्वास्थ्य सन्देश
Atrya hospital

बाजुरा –बाजुराको जगन्नाथ गाउँपालिका–६ काप्रीमा ट्रक दुर्घटना हुँदा दुईजनाको मृत्यु भएको छ ।  दुर्घटनामा परी बाँकेका ४२ वर्षीय मोहन जोशी र ताजाकोट गाउँपालिका–३ का विपी शाहीको मृत्यु भएको  जुड्डी प्रहरी चौकीका प्रमुख तथा प्रहरी नायब निरीक्षक वीरसिंह ठगुन्नाले जानकारी दिए ।

नेपालगञ्जबाट हुम्लाका लागि हिँडेको भे१ ख ३४६८ नम्बरको मालबाहक ट्रक गर्जेगाड भिरबाट करिब ५०० मिटर तल खसेको प्रहरीले जनाएको छ । ट्रकमा चालक र सहचालक मात्रै रहेको र उनीहरु दुवैको मृत्यु भएको प्रहरीले जनाएको छ । 

प्रकाशित मिति: बिहीबार, मंसिर २३, २०७८  ११:२६
प्रतिक्रिया दिनुहोस्
Weather Update