Sagun Khabar
दार्चुलाको तेर्छालेकमा जिप दुर्घटना
स्वास्थ्य सन्देश
Atrya hospital

दार्चुला –दार्चुलामा जीप दुर्घटना भएको छ । मालिकार्जुन गाउँपालिकाको तेर्छालेकमा जिप दुर्घटना भएको हो ।
म १ ज २३९ नम्बरको जिप दुर्घटनामा परेको स्थानीयहरुले बताएका छन् । गाडीमा चार जना सवार रहेको बताइएको छ ।

चालक धनसिँह साउद मात्रै घाइते अवस्थामा भेटिएको स्थानीयले बताएका छन् । अन्य सवारी भने भेटिएका छैनन् । 
अहिले मालिकार्जुन प्रहरी चौकीबाट प्रहरी टोली घटनास्थलमा गएको र थप विवरण प्राप्त हुने क्रममा रहेको जिल्ला प्रहरी कार्यालय दार्चुलाले जनाएको छ । खोजि तथा उद्धार कार्य भइरहेको छ ।
 

प्रकाशित मिति: बिहीबार, मंसिर २३, २०७८  १८:२७
प्रतिक्रिया दिनुहोस्
Weather Update