Sagun Khabar
दार्चुलामा भीरबाट लडेर एक पुरुषको मृत्यु 

दार्चुला –दार्चुलामा भिरबाट लडेर एक पुरुषको मृत्यु भएको छ । लेकम गाउँपालिका वडा नम्बर २ कैनोडा साच्चोरीका गणेशदत्त जोशीको भिरबाट लडेर मृत्यु भएको हो ।

घर नजिकैको खर फागलामा खर काट्न गएका जोशीको शनिबार भिरबाट लडेर घटनास्थलमै मृत्यु भएको पारिवारिक स्रोतले जनाएको छ । मृतक जोशीका एक छोरा र तीन छोरी रहेका छन् । 

प्रकाशित मिति: आइतबार, मंसिर २६, २०७८  १७:३७
प्रतिक्रिया दिनुहोस्
Weather Update