Sagun Khabar
दार्चुलामा भीरबाट लडेर एकजनाको मृत्यु 
स्वास्थ्य सन्देश
Atrya hospital

दार्चुला –दार्चुलामा भीरबाट लडेर एक जनाको मृत्यु भएको छ । जिल्लाको मालिकार्जुन गाउँपालिका–३ खालिडाँडाका अन्दाजी ४५ वर्षीय गजेन्द्रसिंह धामीको बुधबार भीरबाट लडेर मृत्यु भएको पारिवारिक स्रोतले जनाएको छ ।

धामीको खरफागला फडानी गर्ने क्रममा लडेर मृत्यु भएको उनका आफन्तले जानकारी दिएका छन् । दिउँसो खरफागला फडानी गर्नका लागि गएका धामी बेलुका अबेरसम्म घर नफर्केपछि खोजी गर्दा उनको शव भेटिएको बताइएको छ । धामी करिब एक सय मिटर तल खोलामा मृत अवस्थामा भेटिएका थिए । 

प्रकाशित मिति: बिहीबार, पुस १, २०७८  ०९:०२
प्रतिक्रिया दिनुहोस्
Weather Update