Sagun Khabar
दार्चुलाकी एक किशोरी नवलपरासीमा अचेत अवस्थामा भेटिइन्

दार्चुलाकी एक किशोरी नवलपरासीमा अचेत अवस्थामा भेटिएकी छिन्। जिल्लाको मालिकार्जुन गाउँपालिका घर बताउने कविता धामी मंगलबार नवलपरासी बर्दघाट नगरपालिका ४ फलफुलचोकमा अचेत अवस्थामा फेला परेकी प्रहरीले बताएको छ 

उनलाई चिसापानी अस्पतालमा लगेर उपचार गराएपछि होसमा आएकी र उनले बुवाको नाम दिपक धामी र आमाको नाम पार्वती धामी बताएको जिल्ला प्रहरी कार्यालय नवलपरासीले जनाएको छ। कविता अन्दाजी १५ वर्षकी रहेको बताइएको छ। बालिकाको चिसापानी अस्पताल बर्दघाटमा उपचार भइरहेको छ। उनका आफन्त तथा उनलाई चिन्ने मानिसलाई प्रहरी कार्यालयको नम्बर ०७८ ५८०१८० र ९८५७०८१४५९ मा सम्पर्क गर्न अनुरोध गरिएको छ।

-दिनेस खबर 

प्रकाशित मिति: बुधबार, पुस ७, २०७८  १२:१२
प्रतिक्रिया दिनुहोस्
Weather Update