Sagun Khabar
दार्चुलामा भीरबाट लडेर एक महिलाको मृत्यु 
स्वास्थ्य सन्देश
Atrya hospital

दार्चुला –दार्चुलामा भिरबाट लडेर एक महिलाको मृत्यु भएको छ । नौगाड गाउँपालिका–२ दल्लेख बस्ने ६६ वर्षीया धना देवी ठगुन्नाको सोही ठाउँ भेराकाठोस्थित भिरबाट लडेर बिहीबार दिउँसो मृत्यु भएको हो । 

घाँस काटेर घरतर्फ फर्किनेक्रममा भिरबाट लडेर उनको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय दार्चुलाले जनाएको छ । 
 

प्रकाशित मिति: बिहीबार, पुस ८, २०७८  १८:२२
प्रतिक्रिया दिनुहोस्
Weather Update