Sagun Khabar
दार्चुलाको अम्तोलीमा सडक पुगेपछि स्थानीयबासी खुसी 
स्वास्थ्य सन्देश
Atrya hospital

दार्चुला –दार्चुलाको शैल्यशिखर नगरपालिका वडा नं ८ अम्तोलीमा पहिलो सडक पुगेपछि स्थानीयबासी खुसी भएका छन् । सडक पुगेसंगै जिप सञ्चालन भएपछि चालकलाई बाजागाजाका साथ स्वागत गर्दै फूलमाला लगाइएको स्थानीय परमानन्द पन्तले बताए । 

गएको दुई बर्ष यता अम्तोलीमा सडक पुर्याउने कार्य शुरु भएकोमा यो बर्ष सडक पुगेपछि स्थानीयहरु खुसी भएका हुन् । नगरपालिकाको दुर्गम क्षेत्रमा सडक पुगेपछि आफूहरुलाई सहज भएको स्थानीय रमेशकुमार पन्तले बताए । 

शैल्यशिखर नगरपालिका र सुदूरपश्चिम प्रदेश सरकारको पहलमा अम्तोलीमा सडक पुगेको हो । सडक पुगेसंगै स्थानीयहरुलाई कृषि उपजहरु बजार सम्म पुर्याउन निकै सहज हुने पन्तले बताए । 
 

प्रकाशित मिति: शनिबार, पुस १०, २०७८  १३:४१
प्रतिक्रिया दिनुहोस्
Weather Update