Sagun Khabar
दार्चुलाको नौगाडमा नेकपा (एस)को गाउँपालिका कमिटि गठन 
स्वास्थ्य सन्देश
Atrya hospital

दार्चुला – दार्चुलाको नौगाड गाउँपालिकामा नेकपा (एकीकृत समाजवादी) गाउँपालिकास्तरीय कमिटि गठन भएको छ । शनिबार सम्पन्न प्रथम गाउँपालिका अधिवेशनले किसनसिंह ठगुन्नाको अध्यक्षतमा २३ सदस्यीय गाउँपालिका कमिटि गठन गरेको हो । 

सो कमिटिको उपाध्यक्षमा चन्द्रावती ठगुन्ना र राजेन्द्रसिंह ठगुन्ना, सचिवमा रमौती ठगुन्ना, उपसचिवमा नरेन्द्रसिंह ठगुन्ना, जानकीदेवी ठगुन्ना र सन्तोषसिंह ठगुन्ना लगायत अन्य सदस्यहरु रहेका छन् । 

नयाँ गठन भएको गाउँपालिकास्तरीय कमिटिले संगठन विस्तार अभियान सञ्चालन गर्ने नेकपा (एस) नौगाडकी उपाध्यक्ष चन्द्रावती ठगुन्नाले बताइन् । 
 

प्रकाशित मिति: शनिबार, पुस १०, २०७८  १६:५८
प्रतिक्रिया दिनुहोस्
Weather Update