Sagun Khabar
दार्चुलामा  एक जना मृत भेटिए

 दार्चुला- दार्चुलामा  एक जना मृत फेला परेकाछन् । लेकम गाउँपालिका वडा नम्बर ६ गणेत घर भएका नेकपा एमालेका  संगठित सदस्य ६५ बर्षीय चन्द्र सार्की  मृत फेला परेका हुन  । बुधबार विहान घर नजिकैको रिठेगाड नजिक मृत फेला परेका हुन  । मृतक सार्की लेकम गाउँपालिका वडा नम्बर ६ मा नेकपा एमालेका वडा कमिटी सदस्य रहनुभएको थियो ।

 मंगलबार विहान कामका लागि गोकुलेश्वर आएका  सार्कीको घर फर्किने बेला रातीको समयमा भिरबाट लडेर मृत्यु भएको हुनक्ने अनुमान गरिएको छ ।  रिठेगाड नजिकैको ग्याबिन जालीमा ओक्लने बेला लडेर मृत्यु भएको हुनसक्ने पारिवारिक स्रोतले जनाएको छ । मृतक सार्कीको कान काटिएको र निधारमा गहिरो चोट लागेको बताइएको छ ।सार्कीको पार्टीको झण्डा ओढाएर बुधबार (आज)अन्त्येष्ठी गरिएको छ  ।

प्रकाशित मिति: बुधबार, पुस १४, २०७८  १५:२५
प्रतिक्रिया दिनुहोस्
Weather Update