Sagun Khabar
दार्चुलामा चिसोका कारण १० दिनकालागि विद्यालयहरु बन्द
फाइल फोटो

बैतडी- दार्चुलाको महाकाली नगरपालिकामा १० दिनकालागी विद्यालयहरु बन्द हने भएका छन् । पछिल्लो समयमा बढेको चिसोका कारण विद्यालयमा पठनपाठन बन्द हुने भएको हो ।

जिल्लाको महाकाली नगरपालिकाले सोमबार एक सूचना जारी गर्दै यही पुष २५ गतेदेखि माघ ४ गतेसम्म त्यहाँका विद्यालयको पठनपाठन बन्द हुने जनाएको हो ।

स्वास्थ्य सन्देश
Atrya hospital

 बढ्दो चिसोका कारण विद्यालय आउने बालबालिकाहरुको स्वास्थ्य अवस्थालाइ मध्य नजर गरि चिसोको समयमा बालबापलकाहरुको स्वास्थ्यमामा समस्या निम्त्याउने हुँदा महाकाली नगरपालिका भित्रका सबै सामुदायिक र संस्थागत विद्यालयलाई पठनपाठन बन्द गर्न आग्रह गरिएको नगरपालिकाले जनाएको छ ।

हाल नगरपालिकाभित्र ९ वटा संस्थागत र ४८ वटा सामुदायिक विद्यालय रहेका शिक्षा युवा तथा खेलकुद शाखाले जनाएको छ ।

प्रकाशित मिति: मंगलबार, पुस २०, २०७८  १०:२४
प्रतिक्रिया दिनुहोस्
Weather Update