Sagun Khabar
दार्चुला नौगाडमा बिधुत बिग्रेको ८ बर्ष सम्म मर्मत नहुदा स्थानिय अन्धकारमा बस्न बाध्य
स्वास्थ्य सन्देश
Atrya hospital

बैतडी–दार्चुलाको नौगाड गाउँपालिका वडा न. १ मा बिधुत विस्तार हुन नसक्दा स्थानीय वासी अन्धकारमा बस्न बाध्य भएका छन । वडा न. १ को लल्लो भेगमा स्थानिय विधुत लाईन भए पनि २०७० सालमा बाढीले बगाएपछि स्थानीय वासी अन्धकारमा बस्न बाध्य भएका छन । ८ बर्ष अघि स्थानिय विधुतका संरचनामा बाढीले क्षति पुर्याएपछि पुनर्निर्माणको काम हुन नसकेको लल्लोका स्थानीय जय सिंह ठगुन्नाले बताए । 
स्थानीय स्तरको बिधुत मर्मत हुन नसकेपनि राष्ट्रिय स्तरको लाइन जडानको लागि पटक पटक आग्रह गरेपनि स्थानिय तहका जनप्रतिनिधिहरुले चासो नराख्दा अहिलेसम्म विधुत विस्तार हुन नसकेर अन्धकारमा बस्नुपरेको स्थानीय जमन सिंह डडालले बताए । 
समय समयमा बिधुत विस्तारको लागि सम्बन्धित निकायलाइ आग्रह गर्दा पनि टार्दै जाने गरेको ठगुन्नाले गुनासो गरे । अन्य ठाउँमा बत्ति बलेको देख्दा आफुहरूले अन्धकारमा बसेकोमा पीडा हुने गरेको र स्थानीय सरकार नभएको आभास भएको स्थानीयहरूको गुनासो छ ।
यता वडा अध्यक्ष करन डडालले भने छिट्टै पालिकाभरि राष्ट्रिय प्रसारण लाईन जोडने उद्धेश्यले ठेक्का सम्झौताको प्रक्रियामा रहेको बताएको छ ।

प्रकाशित मिति: मंगलबार, पुस २०, २०७८  १७:३६
प्रतिक्रिया दिनुहोस्
Weather Update