Sagun Khabar
बैतडीका युवा हरिष प्रसाद अवस्थी किन अपहरणमा परे ?

बैतडी-बैतडी सुर्नया ६ का अपहरणमा परेका भनिएका  हरिष प्रसाद अवस्थी लाई बांके प्रहरिले उद्धार गरेको छ । हरिष अवस्थीलाइ नदिको किनारबाट भिजेर चिसोले कठ्याङ्ग्रिएको अवस्थामा शुक्रबार साँझ उद्धार गरेको प्रहरीले जनाएको छ  । २२ गते देखि घरबाट काममा जान्छु भनेर हिँडेका अवस्थी हराइरहेका थिए । 

२३ गते आफु अपहरणमा परेको भनेर आफ्नो फेसबुक वालमा लेखेपछि आफन्तले उद्धारको लागि बांके प्रहरीलाइ खबर गरेपछि अवस्थीको प्रहरीले उद्धार गरेको हो । अवस्थी पानीमा भिजेको अवस्थामा भेट्टिएकोले उपचारको लागि प्रहरीकै निगरानीमा अस्पताल लगेर उपचार गरेर अहिले अवस्थीको अवस्था सामान्य रहेको र प्रहरिले थप अनुसन्धानको लागि अवस्थीलाइ निगरानीमा राखिरहेको जनाएको छ ।
विप्लवका कार्यकर्ताले आफुलाई अपहरण गरेको भन्दै अवस्थीले गाँउकै दुई जनाको नाम समेत फेसबुक वालमा लेखेका थिए ।

Atrya hospital

अपहरण गर्ने दोशिको आरोप लागेका तिर्थ राज अवस्थीका भाइ डम्बर अवस्थी एक महिना देखि हराइरहेका छन । यी दुई परिवारमा पहिले देखि घरायसी विवाद रहेको कारण हरिष प्रसाद अवस्थी अपहरणमा परेको हुन सक्ने गाउँलेहरूले अनुमान गरेका छन तर यसको वास्तविकता बारे थप अनुसन्धान भइरहेको बाके प्रहरिले जनाएको छ । 

हरिष प्रसाद अवस्थीको पारिवारिक सुचनाको आधारमा अहिले परिवार बाके गएका र अपहरण गर्ने माथि किटानि जाहेरि दिएर दोसिलाइ कार्वाहीको दायरामा ल्याउने तयारी भइरहेको जनाएको छ ।

प्रकाशित मिति: शनिबार, पुस २४, २०७८  १५:३५
प्रतिक्रिया दिनुहोस्
Weather Update