Sagun Khabar
सुदूर पहाडमा ‘नरहरी’ पर्वको रौनक 

बैतडी – बैतडी सहित सुदूरपश्चिममा नरहरी पर्वको रौनक छाएको छ । मकर सक्रान्तिलाई बैतडी सहित सुदूरपश्चिमका पहाडी जिल्लाहरुमा नरहरी सक्रान्तिको रुपमा मनाउने गरिएको छ । मकर सक्रान्तिलाई सुदूरपश्चिमका पहाडी क्षेत्रमा नरहरी सक्रान्तिको रुपमा मनाउने चलन रही आएको स्थानीय संस्कृतिका जानकार आचार्य घनश्याम लेखकले बताए । 

पौष मसान्तको राती मिठोमसिनो खाने चलन रही आएको छ भने माघे सक्रान्तिको बिहानै नुवाईधुवाई गरेर कागलाई खानेकुरा दिने चलन रही आएको छ । 

सुदूरपश्चिममा नरहरी पर्वको समयमा चामलको रोटी (माडा), झुनमुने लगायतका परिकार बनाएर खाने चलन छ । ती परिकारहरु माघे सक्रान्तिको बिहानै कागलाई समेत दिने चलन रही आएको छ । कागलाई खबर आदानप्रदान गर्ने पंक्षिको रुपमा चिन्ने गरिएको लेखकले बताए । 

Atrya hospital

यसका साथै नरहरीको समयमा तरुल खाने चलन रही आएको छ भने विवाहित छोरीबैनीहरु माइत जाने चलन समेत रही आएको छ । 

नरहरीका लागि वन तरुल खन्ने कार्यमा स्थानीयहरु व्यस्त रहेका छन् । आज राती र भोली दिउँसो मिठो मसिनो खाने चलन रही आएको स्थानीय संस्कृतिका जानकार देवदत्त भट्टले बताए । भोलीदेखि नै माघस्नान गर्ने चलन समेत रही आएको उनले बताए । 
 

प्रकाशित मिति: शुक्रबार, पुस ३०, २०७८  १५:२७
प्रतिक्रिया दिनुहोस्
Weather Update