Sagun Khabar
आफ्ना कार्यकर्ताको हत्यारा पत्ता लगाउनुपर्ने माग गर्दै  विप्लव माओवादीद्वारा बैतडीमा प्रदर्शन 

बैतडी –आफ्ना कार्यकर्ताको हत्यामा संलग्नहरुको खोजी गरी कारवाही गर्नुपर्ने माग गर्दै विप्लव नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीले बैतडीको सिल्लेगडामा प्रदर्शन गरेको छ । सुर्नया गाउँपालिका ६ का ३० बर्षीय डम्मर अवस्थीको हत्यामा एकजना मात्रै नभएर अरुको पनि संलग्नता रहेको विप्लव माओवादीले बताउँदै आएको छ । 

नेपाल कम्युनिष्ट पार्टीका जिल्ला सचिव रामसिंह कुँवरको नेतृत्वमा गरिएको प्रर्दशनसंगै आधा घण्टा सडक समेत जाम गरिएको थियो । माघ २ गते सम्म हत्यामा संलग्न अन्यहरुलाई पक्राउ नगरे थप आन्दोलनका कार्यक्रम घोषणा गर्ने विप्लव माओवादीले जनाएको छ । 

गएको मंसिर १४ गतेदेखि हराईरहेका अवस्थीको शव गाडेको अवस्थामा गएको बुधबार फेला परेको थियो । हत्या संलग्न रहेका सोही ठाउँका हरिश अवस्थी प्रहरी नियन्त्रणमा भएपनि घटनामा अरुको समेत संलग्नता रहेको भन्दै आफन्तहरुले शव बुझेका छैनन् । घटनाका बिषयमा अनुसन्धान भईरहेको प्रहरीले जनाएको छ । 
 

प्रकाशित मिति: शुक्रबार, पुस ३०, २०७८  १८:४०
प्रतिक्रिया दिनुहोस्
Weather Update