Sagun Khabar
मोटरसाइकल दुर्घटना हुँदा कैलालीमा एक महिलाको मृत्यु

कैलाली –कैलालीको धनगढीमा मोटरसाइकल दुर्घटना हुँदा एक महिलाको मृत्यु भएको छ । शनिबार साँझ धनगढी उपमहानगरपालिका– १६ पथरी स्थित गोकंनरी खोलामा भएको दुर्घटनामा वडा नम्बर १७ की ४० वर्षीया ऐतवारी रानाको मृत्यु भएको हो ।

स्थानीय राजेश रानाले चलाएको सु प प्र ०१ ००९ प ५९७९ नम्बरको मोटरसाइकल दुर्घटनामा परेको जिल्ला प्रहरी कार्यालय कैलालीले जनाएको छ ।

उक्त मोटरसाइकल आफै अनियन्त्रित भएर पल्टिँदा मोटरसाइकलमा पछाडी सवार ऐतवारी पुलबाट खोलामा खसेकी प्रहरीले जनाएको छ ।

प्रकाशित मिति: आइतबार, माघ २, २०७८  ११:२१
प्रतिक्रिया दिनुहोस्
Weather Update