Sagun Khabar
कैलालीमा मोटरसाइकलको ठक्करबाट एक महिलाको मृत्यु, स्थानीयद्वारा राजमार्ग अवरुद्ध 
स्वास्थ्य सन्देश
Atrya hospital

कैलाली –कैलालीमा मोटरसाइकलको ठक्करबाट एक महिलाको मृत्यु भएको छ । आइतबार पूर्वपश्चिम राजमार्गअन्तर्गत जिल्लाको बलियामा से ६ प ८७८६ नम्बरको मोटरसाइकलले ठक्कर दिँदा लम्कीचुहा नगरपालिका वडा नम्बर ४ की ५५ वर्षीय मनसरा न्यौपानेको मृत्यु भएको हो । 

ठक्करबाट घाइते भएकी मनसरको कोहलपुर मेडिकल कलेजमा उपचारकै क्रममा मृत्यु भएको हो । उनको मृत्युपछि स्थानीयले पूर्वपश्चिम राजमार्ग अवरुद्ध पारेका छन् । उनीहरुले दोषीलाई कारवाही र क्षतिपूर्तिको माग गरेका छन् । 
 

प्रकाशित मिति: सोमबार, माघ ३, २०७८  १०:३५
प्रतिक्रिया दिनुहोस्
Weather Update