Sagun Khabar
बैतडी जिल्ला क्रिकेट संघको अध्यक्षमा चन्द 

बैतडी –बैतडी जिल्ला क्रिकेटको संघको अध्यक्षमा विनोदबहादुर चन्द निर्विरोध चयन भएका छन् । संघको आज सम्पन्न सातौ जिल्ला अधिवेशनले चन्दको अध्यक्षतामा १५ सदस्यीय नयाँ कार्यसमिति चयन गरेको हो । 

संघको उपाध्यक्षमा लोकराज जोशी, सचिवमा सिद्धराज बोकटी, कोषाध्यक्षमा शेरसिंह खत्री लगायत अन्य सदस्य चयन भएका छन् । 

स्वास्थ्य सन्देश
Atrya hospital

आगामी ४ बर्षका लागि संघको नयाँ कार्यसमिति चयन भएको र यो कार्यसमितिले क्रिकेटको विकासका लागि पहल गर्ने अध्यक्ष विनोदबहादुर चन्दले बताए । 

संघको सातौ जिल्ला अधिवेशनमा नेपाल क्रिकेट संघ (क्यान)का अध्यक्ष चतुरबहादुर चन्द, दशरथचन्द नगरपालिकाका प्रमुख नरेन्द्रसिंह थापाको समेत उपस्थिती रहेको थियो । बैतडी जिल्ला क्रिकेट संघका निवर्तमान अध्यक्ष लालबहादुर चन्दको अध्यक्षतामा अधिवेशन तथा साधारण सभा सम्पन्न भएको हो । 

प्रकाशित मिति: बुधबार, माघ ५, २०७८  १७:३०
प्रतिक्रिया दिनुहोस्
Weather Update