Sagun Khabar
दुर्घटनामा घाइते भएका बैतडीका बोहराको कैलालीमा मृत्यु 

बैतडी – ट्याक्टरले ठक्कर दिँदा गम्भीर घाइते भएका बैतडीको पुर्चौंडी नगरपालिका ८ मल्लादेहीका १७ बर्षीय दमन बोहराको उपचारका क्रममा मृत्यु भएको छ । 

अध्ययनको सिलसिलामा कञ्चनपुरको कृष्णपुर आफ्नी फुपुको घरमा बस्दै आएका बोहरालाई यही माघ ४ गते मोटरसाइकलमा सवार भएको बेला ट्याक्टरले पछाडिबाट ठक्कर दिएको थियो । कृष्णपुरमै ट्याक्टरले मोटरसाइलकमा पछाडी सवार बोहरालाई ठक्कर दिएको बताइएको छ । 

स्वास्थ्य सन्देश
Atrya hospital

दुर्घटना लगत्तै उनलाई उपचारका लागि धनगढीस्थित मायामेट्रो अस्पताल लगिएकोमा बिहीबार बिहान उपचारकै क्रममा मृत्यु भएको उनका दाजु महेश बोहराले बताए । 

उनी कक्षा ११ मा अध्ययनरत थिए । पढाईका लागि तराई गएका बोहराको उतै मृत्यु भएपछि घरपरिवार शोकमा डुबेका छन् । 
 

प्रकाशित मिति: बिहीबार, माघ ६, २०७८  १२:२१
प्रतिक्रिया दिनुहोस्
Weather Update