Sagun Khabar
कैलालीमा प्रहरीले नै मोबाइल चोरेपछि ...

कैलाली –कैलालीको धनगढीस्थित एक मोबाइल ग्यालरीबाट प्रहरीले नै मोबाइल चोरेको भिडियो सार्वजनिक भएको छ । धनगढीस्थित ट्राफिक चोकमा रहेको ग्लोबल मोबाइल ग्यालरीमा एक प्रहरीले मोबाइल चोरी गरेको सीसी क्यामेराको भिडियो सार्वजनिक भएको हो । 

लागू औषध कारोबार भईरहेको भन्दै खानतलासी गर्न पुगेको प्रहरीले दुई ओटा मोबाइल सेट चोरेको मोबाइल ग्यालरीका सञ्चालक सुवास रावलले बताए । उनले चोरीमा संलग्न प्रहरीलाई कारवाहीको माग गर्दै निवेदन दिएको समेत बताए । जिल्ला प्रहरी कार्यालय कैलालीका प्रहरी उपरीक्षक विश्व अधिकारीले उक्त घटनाबारे छानबिन भइरहेको बताए । 

स्वास्थ्य सन्देश
Atrya hospital

यता प्रहरीले भने लागूऔषध कारोबार भइरहेको भन्ने सूचनाका आधारका मोबाइल ग्यालरीबाट ३ जनालाई पक्राउ गरेको थियो । 

धनगढी–५ का पसल सञ्चालक दोर्णबहादुर रावल, वडा नमबर २ बस्ने वर्ष २९ का टेक बिष्ट र वडा नम्बर ४ का ३० वर्षीय मनिष भण्डारीलाई पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय कैलालीले जनाएको छ । उनीहरुको साथबाट १ ग्राम ५५० मिलिग्राम खैरो हिरोइन फेला परेको बताइएको छ ।
 

प्रकाशित मिति: शुक्रबार, माघ ७, २०७८  ०८:३३
प्रतिक्रिया दिनुहोस्
Weather Update