Sagun Khabar
कैलालीमा प्रहरीबाटै मोबाइल चोरी प्रकरण : हवलदार र प्रहरी जवान हिरासतमा 
स्वास्थ्य सन्देश
Atrya hospital

कैलाली – कैलालीको धनगढीमा रहेको ग्लोबल मोबाइल ग्यालरीमा मोबाइल चोरी गरेका दुई जना प्रहरीमाथि छानबिन शुरु गरिएको छ । जिल्ला प्रहरी कार्यालय कैलालीमा कार्यरत प्रहरी हवल्दार होमबहादुर माल र प्रहरी जवान भरतबहादुर बुडाललाई हिरातसतमा राखेर छानबिन थालिएको हो । 

जिल्ला प्रहरी कार्यालय कैलालीका प्रहरी नायब उपरीक्षक वेदप्रकाश जोशीले दुबै जनालाई हिरातसमा राखिएको बताए । 
धनगढीको ट्राफिक चोकमा रहेको ग्लोबल मोबाइल ग्यालरीमा प्रहरीले मोबाइल चोरी गरेको सीसी क्यामेराको भिडियो सार्वजनिक भएको थियो । 
 

प्रकाशित मिति: शुक्रबार, माघ ७, २०७८  ११:३३
प्रतिक्रिया दिनुहोस्
Weather Update