Sagun Khabar
कैलालीमा राँगाले हान्दा एकजनाको मृत्यु 
स्वास्थ्य सन्देश
Atrya hospital

कैलाली – कैलालीमा राँगाले हान्दा एक पुरुषको मृत्यु भएको छ । बाँकेको खजुरा गाउँपालिका ७ का ३५ वर्षीय अब्बार तेलीको रांगाले हान्दा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय कैलालीले जनाएको छ । 

उनी टीकापुर नगरपालिका–१ स्थित पशु हाटबजरको भैँसी फार्ममा काम गर्दै आएको जिल्ला प्रहरी कार्यालय कैलालीले जनाएको छ । शुक्रबार (हिजो) राति घाँस हाल्न गएका उनलाई राँगाले हान्दा गम्भीर घाइते भएका थिए । 

उपचारका लागि टीकापुर अस्पताल लगिएका तेलीको राति नै मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता प्रहरी नायब उपरीक्षक वेदप्रकाश जोशीले बताए ।
 

प्रकाशित मिति: शनिबार, माघ ८, २०७८  ०८:५८
प्रतिक्रिया दिनुहोस्
Weather Update