Sagun Khabar
जिल्ला प्रशासन कार्यालय कैलालीद्वारा अत्यावश्यक बाहेकका सबै सेवा बन्द 

कैलाली –जिल्ला प्रशासन कार्यालय कैलालीले अत्यावश्यक बाहेकका सबै सेवा बन्द गरेको छ । प्रशासनले एक सूचना जारी गर्दै आइतबारबाट अर्को सूचना जारी नभएसम्मका लागि अत्यावश्यक बाहेकका सबै सेवा बन्द गरेको जनाएको हो ।

प्रशासनमा कार्यरत २३ जना कर्मचारीमा कोरोना भाइरसको संक्रमण पुष्टि भएपछि संक्रमणको जोखिमलाई मध्यनजर गर्दै शान्ति सुरक्षा र मुद्दा बाहेकका अन्य सबै सेवा हाललाई स्थगित गरिएको सूचनामा उल्लेख छ । 

स्वास्थ्य सन्देश
Atrya hospital

अत्यावश्यक सेवा लिनेहरुले पनि स्वास्थ्य मापदण्ड पूर्ण पालना गरि र कोरोना विरुद्धको खोपकार्ड लिएर आउनुपर्ने जनाइएको छ । 

प्रकाशित मिति: शनिबार, माघ ८, २०७८  ०९:१४
प्रतिक्रिया दिनुहोस्
Weather Update