Sagun Khabar
दार्चुलामा सहमति विपरीत तटबन्ध बनाउँदै भारत 

दार्चुला – सहमति विपरीत फेरी भारतले महाकाली नदीमा पक्की तटबन्ध निर्माण गर्न थालेको छ । दार्चुला सदरमुकाम खलंगा बजारको पारीपट्टी भारतले तटबन्ध निर्माण गर्न थालेको हो । 

भारतीय पक्षले खलंगाको पुलघाटदेखि तल्लो क्षेत्रमा करिब दुईदेखि पाँच मिटर नदीतिरको भागमा तटबन्ध निर्माण सुरु गरेको हो । नदीको बहाव परिवर्तन हुने गरी तटबन्ध बनाउन थाले पनि भारतले नेपाली प्रशासनसँग समन्वय गरेको छैन ।

स्वास्थ्य सन्देश
Atrya hospital

भारतीय केन्द्रीय जल विभागले माघ ४ बाट आफ्नो भूभागतर्फ पुलघाटदेखि जहरलालसिंह नवियाल स्टेडियमसम्मको एक किलोमिटर क्षेत्रमा पक्की तटबन्ध निर्माण सुरु गरेको हो । 

अन्तर्राष्ट्रिय सन्धि–सम्झौताअनुसार सीमा नदीको बहावलाई असर पर्ने गरी कुनै पनि मुलुकले एकअर्काको सहमतिबिना भौतिक संरचना निर्माण गर्न नपाउने भएपनि भारतले आफूखुसी तटबन्ध निर्माण गरिरहेको हो । 

नेपाल–भारतबीच यसअघि आफूखुसी तटबन्ध नबनाउने सहमति भइसकेको छ । तटबन्ध निर्माण गर्दा भारतीय पक्षले समन्वय नगरेको जिल्ला प्रशासन कार्यालयले जनाएको छ ।

भारतले तटबन्ध निर्माण सुरु गरेपछि मात्रै संरचनाबारे सोधपुछ गरेको जिल्ला प्रशासन कार्यालय दार्चुलाले जनाएको छ । दार्चुलाका प्रमुख जिल्ला अधिकारी दीर्घराज उपाध्यायले  मौखिक रूपमा जानकारी माग्दा भारतीय पक्षले पुरानो तटबन्ध भत्काएर नेपालतर्फको जस्तै तटबन्ध बनाउन लागेको जनाएको छ । 
 

प्रकाशित मिति: आइतबार, माघ ९, २०७८  १२:०२
प्रतिक्रिया दिनुहोस्
Weather Update