Sagun Khabar
कैलालीमा कोरोना विरुद्धको खोप लगाएको केहीबेरमै एकजनाको मृत्यु 
स्वास्थ्य सन्देश
Atrya hospital

कैलाली –कैलालीमा कोरोना भाइरसविरुद्धको खोप लगाएको केही मिनेटमै एकजनाको मृत्युु भएको छ । आइतबार दिउँसो कैलारी गाउँपालिका–४ को आधारभूत स्वास्थ्य केन्द्रमा कोरोनाविरुद्धको भेरोसेल खोपको दोस्रो डोज लगाएका ‘के’ गाउँका ५३ वर्षीय लक्ष्मण डगौराको मृत्युु भएको हो ।  

दिउँसो करीब दुई बजेतिर आधारभूत स्वास्थ्य केन्द्रमा भेरोसेल खोपको दोस्रो डोज लगाएर घर फर्किएका डगौंराको मृत्यु भएको  वडाध्यक्ष भिखराम चौधरीले बताए । आधारभूत स्वास्थ्य केन्द्रबाट खोप लगाएको हिडेको १५÷२० मिनेटमै बाटोमै उनको मृत्युु भएको वडा अध्यक्ष चौधरीले बताए । 

प्रकाशित मिति: आइतबार, माघ ९, २०७८  १८:४५
प्रतिक्रिया दिनुहोस्
Weather Update