Sagun Khabar
कैलालीमा श्रीमानद्वारा श्रीमतिको हत्या, श्रीमान फरार 
सांकेतिक तस्बिर

कैलाली –कैलालीको गोदावरी नगरपालिकामा एक जनाले आफ्नै श्रीमतीको हत्या गरेका छन् । नगरपालिकाको वडा नम्बर ९ बल्मीका परशुराम रोक्का मगरले श्रीमती भावना रोक्का मगरको हत्या गरी फरार भएका हुन् । 

घरायसी विवादका क्रमका रोकामगरले धारिलो हतियार प्रयोग गरि श्रीमतिको हत्या गरेको प्रारम्भिक अनुसन्धानले देखाएको ईलाका प्रहरी कार्यालय मालाखेतीका प्रमुख डीएसपी नवराज पोख्रेलले बताए । फरार रहेका रोक्का मगरको खोजी कार्य भईरहेको प्रहरीले जनाएको छ । 

प्रकाशित मिति: सोमबार, माघ १०, २०७८  ०८:१९
प्रतिक्रिया दिनुहोस्
Weather Update