Sagun Khabar
बैतडीमा जंगली बँदेलको आक्रमणबाट चार जना घाइते 
स्वास्थ्य सन्देश
Atrya hospital

बैतडी –बैतडीमा सोमबार साँझ जंगली बँदेलको आक्रमणमा परेर चार जना घाइते भएका छन् । जिल्लाको दोगडाकेदार गाउँपालिका वडा नं १ घोरडी टोलका ४५ बर्षीय बलबहादुर कार्की,६५ बर्षीय मन्नाम जोशी,५५ बर्षीय हरिदत्त जोशी र ४५ बर्षीय बीरभान सार्की घाइते भएका हुन् । 

जंगली बँदेल गाउँमै पसेर स्थानीयहरुलाई घाइते बनाएको त्यहाँबाट प्रेम कार्कीले जानकारी दिए । उनका अनुसार घाइते भएका बलबहादुर कार्की र मन्नाम जोशीको अवस्था गम्भीर रहेको छ । उनीहरुलाई उपचारका लागि जिल्ला अस्पताल ल्याइँदै गरेको कार्कीले बताए । 

हरिदत्त जोशी र बीरभान सार्कीको अवस्था भने समान्य रहेको छ । उनीहरुको गाउँकै स्वास्थ्यचौकीमा उपचार गरिएको छ । 
साँझ ६ बजेतिर जंगली बँदेल गाउँमै पसेको स्थानीयहरुले बताएका छन् । 
 

प्रकाशित मिति: सोमबार, माघ १०, २०७८  २०:३९
प्रतिक्रिया दिनुहोस्
Weather Update