Sagun Khabar
बाजुरा सदरमुकाममा विद्युतको राष्ट्रिय प्रशारण लाइन जोडियो 
स्वास्थ्य सन्देश
Atrya hospital

बाजुरा –बाजुराको सदरमुकाम मार्तडीमा नेपाल विद्युत प्राधिकरणको राष्ट्रिय प्रसारण लाइन जोडिएको छ । नागरिक समाजले गरेको लगातार ३ दिनको आन्दोलन पछि सदरमुकाममा नेपाल राष्ट्रिय प्रसारण लाइन जडान गरिएको हो । 

सदरमुकाम मार्तडी आसपासका क्षेत्रमा संचालन हुने गरी लाइन जोडेको नेपाल विद्युत प्राधिकण वितरण केन्द्र बाजुराका प्रमुख ललित कुमार मण्डलले बताए । 

यसअघि उक्त ठाउँमा दैनिक ६ देखि १० घण्टाको लोडसेडिङ हुँदै आएको थियो । राष्ट्रिय प्रशारण लाइन जोडिएपछि सदरमुकामबासी खुसी भएका छन् । 

प्रकाशित मिति: मंगलबार, माघ ११, २०७८  ११:५६
प्रतिक्रिया दिनुहोस्
Weather Update