Sagun Khabar
सुदूरपश्चिमका ४ जनामा ओमिक्रोन भेरियन्ट पुष्टि 

कैलाली – भारतबाट फर्किएका सुदूरपश्चिमका चार जनामा ओमीक्रोन भेरियन्ट पुष्टि भएको छ । यो संगै सुदूरपश्चिमममा कोरोना नयाँ भेरियन्ट ओमीक्रोन भेटिएको हो । प्रदेशका ४ जनमा ओमिक्रोनको सङ्क्रमण पुष्टि भएको सामाजिक विकास मन्त्रालयले जनाएको छ । 

कञ्चनपुरका २, बझाङ र डोटीका एक÷एक जनामा ओमीक्रोन संक्रमण पुष्टि भएको मन्त्रालयका प्रवक्ता नरेन्द्रसिंह कार्कीले बताए । 

स्वास्थ्य सन्देश
Atrya hospital

कञ्चनपुरको दोधराचाँदनी नगरपालिकाका ४२ बवर्षीय पुरुष, पुनर्वासका २९ बर्षीय पुरुष, डोटीको पुर्वीचौकीका ४८ बर्षीय पुरुष र बझाङको बित्थडचीरका ३३ बर्षीय पुरुषमा संक्रमण पुष्टि भएको कार्कीले बताए । 

उनीहरु चारै जना त्रिनगर नाका भएर स्वदेश फर्केका कार्कीले बताए । 
 

प्रकाशित मिति: मंगलबार, माघ ११, २०७८  १२:२७
प्रतिक्रिया दिनुहोस्
Weather Update