Sagun Khabar
बझाङमा कांग्रेस र एमालेका कार्यकर्ताबीच झडप, एकजना घाइते
स्वास्थ्य सन्देश
Atrya hospital

 बझाङ –बझाङको सुर्मा–५ सैनगाउँमा नेपाली कांग्रेस र नेकपा एमालेका कार्यकर्ताबीच झडप भएको छ । झडपमा परि नेकपा एमालेका एकजना कार्यकर्ताको आँखामा चोट लागेको छ ।

सुर्मा गाउँपालिकाको सैनगाउँस्थित धौलदेउ आधारभूत विद्यालयमा दिउँसो साढे ४ बजे भएको झडपमा परि एमाले कार्यकर्ता रामबहादुर बोहराको दाहिने आखाँमा चोट लागेको प्रहरीले जनाएको छ ।

अशक्त, अपांग व्यक्तिहरुको भोट के कसरी हाल्ने भन्ने विषयमा छलफल भइरहेको बेला दुवै पक्षबीच सामान्य झडप परेको जिल्ला प्रहरी कार्यालय बझाङले जनाएको छ ।

प्रकाशित मिति: बुधबार, वैशाख २८, २०७९  १८:५६
प्रतिक्रिया दिनुहोस्
Weather Update