Sagun Khabar
मतदान फेरि गर्नुपर्ने माग राख्दै बझाङको छविस पाथिभेरामा एमालेको नाराबाजी

बझाङ-  छविस पाथिभेरा गाउँपालिकामा नेकपा एमालेले मतगणना रोकेर विवाद भएको स्थानको मतदान फेरि गर्नुपर्ने माग राख्दै नाराबाजी गरिरहेका छन्। शुक्रवार भएको निर्वाचनमा छविस पाथिभेरा गाउँपालिका वडा नं ६ को वाटपाली माविको मतदान केन्द्रमा माओवादीका कार्यकर्ताहरूले फर्जी मत हालेको र भारतमा रहेका व्यक्तिको समेत मत हालिदिएको भन्दै एमालेले निर्वाचन बहिष्कार गरेको थियो। 

उक्त स्थानमा फेरी मतदान गराउनुपर्ने माग गर्दै निर्वाचन अधिकृतको कार्यालयमा उजुरी दिएको थियो। तर, निर्वाचन कार्यालयले ३ घण्टाभित्र दुवै पक्षलाई मिलेर आउन भनेको र नमिलेको खण्डमा मतगणनालाई अघि बढाउने बताएको थियो। 

प्रकाशित मिति: शनिबार, वैशाख ३१, २०७९  १३:३६
प्रतिक्रिया दिनुहोस्
Weather Update