Sagun Khabar
दार्चुलाको दुहुँ गाउँपालिकाद्वारा ‘कोभीड विरुद्ध सामुदायिक अभियान’सञ्चालन 

दार्चुला –दार्चुलाको दुहुँ गाउँपालिकाले कोभीड विरुद्ध सामुदायिक अभियान सञ्चालन गरेको छ । गाउँपालिकाका प्रत्येक वडामा पुगेर शंकास्पद बिरामीहरुको कोरोना परीक्षण गर्ने, कोरोनाका बिषयमा जानकारी दिने लगायतका काम भईरहेका गाउँपालिकाका अध्यक्ष पुलेन्द्रबहादुर कार्कीले जानकारी दिए । उनले भने ‘कोरोना भाईरसको संक्रमण न्यूनीकरणका लागि हामीले पहल गरिरहेका छौं । गाउँगाउँमा पुगेर सचेतना फैलाउँदैछौं ।’

कोरोना भाईरस विरुद्ध सचेतना फैलाउन जनप्रतिनिधि, स्वास्थ्यकर्मी, सुरक्षाकर्मी लगायतको टोली गाउँगाउँमा पुग्ने गरेको अध्यक्ष कार्कीले बताए । शंकास्पद बिरामीहरुको एन्टीजेन विधिबाट कोरोना परीक्षण गर्ने र कोरोना पुष्टि भएकाहरुलाई अलगै आइसोलेसनमा राख्ने गरिएको उनले बताए । 

स्वास्थ्य सन्देश
Atrya hospital

गाउँपालिकाका ५ ओटै वडामा यो अभियान सञ्चालन गरिएको गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत भानुभक्त भट्टले जानकारी दिए । उनले भने ‘कोभीड विरुद्ध स्थानीयहरुमा जागरुकता ल्याउन, समस्यामा परेकाहरुलाई सहयोग गर्न यो अभियान सञ्चालन गरिएको हो ।’

दार्चुलाको दुहुँ गाउँपालिकामा अहिले ६ जना सक्रिय संक्रमित रहेका अध्यक्ष कार्कीले बताए । 
 

प्रकाशित मिति: सोमबार, जेठ १०, २०७८  ०९:२०
प्रतिक्रिया दिनुहोस्
Weather Update