Sagun Khabar
दार्चुलामा थप एकजना कोरोना संक्रमितको मृत्यु 
स्वास्थ्य सन्देश
Atrya hospital

दार्चुला –जिल्ला अस्पताल दार्चुलामा कोरोना संक्रमणका कारण थप एक जनाको ज्यान गएको छ । दुहुँ गाउँपालिका वडा नम्बर ४ घर भएका ५४ वर्षीय पुरुषको सोमबार मृत्यु भएको जिल्ला अस्पताल दार्चुलाका सूचना अधिकारी डम्बरदत्त भट्टले जानकारी दिए । 

आइतबार मात्रै जिल्ला अस्पताल दार्चुलामा भर्ना भएका उनको सोमबार बेलुकी साढे ५ बजे ज्यान गएको हो । आइतबार अस्पताल भर्ना भएपछि एन्टिजेन परीक्षण गर्दा ती पुरुषमा कोरोना पुष्टि भएको थियो ।

यो संगै दार्चुलामा कोरोनाका कारण ज्यान गुमाउनेको संख्या १० पुगेको छ । 
 

प्रकाशित मिति: सोमबार, जेठ १०, २०७८  १८:५४
प्रतिक्रिया दिनुहोस्
Weather Update