Sagun Khabar
जिसस बझाङको प्रमुखमा कांग्रेसका बोहरा र उपप्रमुखमा नेकपा (एस)का बिष्ट निर्विरोध निर्वाचित 

बझाङ –जिल्ला समन्वय समिति बझाङको प्रमुखमा गठबन्धनका साझा उम्मेदवार नरबहादुर बोहरा निर्वाचित भएका छन् । नेकपा एमालेले उम्मेदवारी नै नदिएपछि नेपाली कांग्रेसको नेतृत्वमा नेकपा माओवादी केन्द्र र नेकपा एकीकृत समाजवादी पार्टीसहितको गठबन्धनको उम्मेदवारहरुको प्यानल नै निर्विरोध निर्वाचित भएको हो ।

जिल्ला समन्वय समितिको प्रमुख पदमा नेपाली कांग्रेसका नरबहादुर बोहरा र उप–प्रमुखमा नेकपा एकीकृत समाजवादीका कृष्णबहादुर विष्ट निर्वाचित भएका मुख्य निर्वाचन अधिकृतको कार्यालयका सहायक निर्वाचन अधिकृत नरेन्द्र शर्माले बताए ।

स्वास्थ्य सन्देश
Atrya hospital

यस्तै समितिको महिला सदस्यमा नेपाली कांग्रेसकी अस्मितादेवी चदारा, बाटुली देवी ओड र एकीकृत समाजवादीबाट लक्ष्मीदेवी कामी निर्विरोध चयन भएकी छन ।

त्यस्तै खुल्ला सदस्यमा नेपाली कांग्रेसका गौरीशङ्कर जोशी, टोपबहादुर खड्का र माओवादी केन्द्रबाट गोरखबहादुर सिंह र दलित सदस्यमा नेपाली कांग्रेसकी रिता कामीको निर्विरोध निर्वाचित भएको जिल्ला निर्वाचन कार्यालयले जनाएको छ । 
 

प्रकाशित मिति: सोमबार, जेठ ३०, २०७९  १८:४३
प्रतिक्रिया दिनुहोस्
Weather Update