Sagun Khabar
दार्चुलामा बिरामी बोकेको एम्बुलेन्स दुर्घटना 
स्वास्थ्य सन्देश
Atrya hospital

दार्चुला –दार्चुलाको लेकम गाउँपालिका वडा नम्बर ५ रिठाचौपातामा बिरामी बोकेको एम्बुलेन्स दुर्घटना भएको छ । लेकम गाउँपालिका वडा नम्बर ४ खरकडाबाट बिरामी बोकेर दार्चुला जादै गरेको एम्बुलेन्स लटिनाथ नमुना माबि नजिककै सडकमा पल्टिएको हो ।

एम्बुलेन्समा एक जना बिरामी सहित सवार चार जना यात्रु र चालक सकुशल रहेको प्रहरीले जनाएको छ । लेकम गाउँपालिकाको सुपप्र ०२००१ च ८५० नम्बरको उक्त एम्बुलेन्समा भने सामान्य भौतिक क्षति भएको इलाका प्रहरी कार्यालय रिठाचौपाताले जनाएको छ ।
 

प्रकाशित मिति: मंगलबार, जेठ ११, २०७८  १७:२७
प्रतिक्रिया दिनुहोस्
Weather Update