Sagun Khabar
जलविद्युत आयोजना बिग्रीएपछि बझाङको बुंगलमा दुइ हप्तादेखि विद्युत सेवा अवरुद्ध

बझाङ- बझाङको बुंगलमा दुइ हप्ता देखि विद्युत सेवा अवरुद्ध भएको छ । बुंगल नगरपालिकाको सेलानी भन्ने ठाउँमा रहेको सानीगाड जलविद्युत आयोजना बिग्रीएपछि विद्युत सेवा अवरुद्ध भएको हो ।

आयोजनाको मेसिन बिग्रीएपछि वडा नं ७ र ८ का नागरिकहरु अन्धकारमा बस्न बाध्य भएका स्थानीय शेर सिंह ऐरीले जानकारी दिए ।  विद्युत सेवा अवरुद्ध भएपछि  दुइ हप्ता बढी समय देखि करिब २ हजार नागरिकहरु उज्यालोबाट बञ्चीत भएका उहाँको भनाइ छ ।

नागरिकहरु अन्धकारमा बसेका भएपनि मेसिन मर्मत गरेर आयोजना सञ्चालनमा ल्याउन सम्बन्धीत निकायले चासो नदिएको स्थानीय ऐरीको गुनासो छ । यता वडा नं ८ का वडा अध्यक्ष लोकेन्द्र जागरिले समिति र्निाण गरेर जलविद्युत आयोजना मर्मतको काम थाल्ने प्रकृयामा रहेका जनाउदै नगरपालिकाबाट पैसा निकासा हुने बित्तीकै समान खरिद गरिने बताए । सम्बन्धीत निकायको ढिलासुस्तीका कारण विद्युत सेवा सुचारु नहुँदा नागरिकहरु अन्धकारमा छन् ।  

प्रकाशित मिति: बिहीबार, असार ९, २०७९  ०९:१०
प्रतिक्रिया दिनुहोस्
Weather Update